काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
संस्थाले ७८ हजार एक सय ५० कित्ता संस्थापक सेयरहरू लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।
त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया