काठमाडौं– बाणिज्य बैंकहरुले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो । बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरुमा जेठaमा मात्रै ३६ अर्ब निक्षेप आएको छ । यता, कर्जा लगानी पनि जेठमा ३५ अर्बले भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो ।
हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जेठ महिनाको अन्तिम तिन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो ।
प्रतिक्रिया