आईपीओ निष्काशनको प्रस्ताव पारित गर्र्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आज

शुक्रबार, ०४ असार २०७८, ०९ : २०

काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । 

जेठ १० गते बसेको कम्पनीको संचालक समितिको निर्णयानुसार सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभाले सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । 

 त्यसैगरी, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा९नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरिनेछ ।

साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।

शुक्रबार, ०४ असार २०७८, ०९ : २०

प्रतिक्रिया