काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हौँ वार्षिक साधारण सभा बोलाएको छ ।
असार १ बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा असार २५ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा बिहान ७स्३५ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेन्डाहरूमा छलफल गरी पारित गरिनेछ
साथै वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामा पनि छलफल गरीने छ ।
प्रतिक्रिया