काठमाडौं - वाणिज्य बैंकहरुको निक्षेप संकलन जेठ २९ गतेदेखि जेठ ३१ गतेसम्म (३ दिन) मा ९ अर्ब रूपैयाँले बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसनले जेठको अन्तिम ३ दिनको वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथयांकले यस्तो देखाएको हो ।
जेठ २८ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा जेठ ३१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ३९ खर्ब ९१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका तथ्यांकमा उल्लेख छ ।
जस अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्ब रूपैयाँले बढेको हो । त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।
३ दिनमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । जेठ २८ गतेसम्म वाणिज्य बैंकहरूले ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिक्रिया