काठमाडौं - जाल्पा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १ करोड ९४ लाख ४२ हजार नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू.६ करोड २९ लाख ७३ हजार पुगेको छ ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र कम्पनीले रू. ४ करोड ६० लाख ८८ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११६ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ ।
प्रतिक्रिया