बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युत लिमिटेड बीच अपर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
९।७ मेगावाट उत्पादन क्षमता रहेका अपर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहने छ ।
आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५५ इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ ।
सब स्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने बैंकले विश्वास लिएको जनाएको छ ।
प्रतिक्रिया