अब मेगा बैंकको कर्जा फोनबाट सहजै प्राप्त गर्न सकिने

शनिबार, ०५ असार २०७८, ०७ : ०५

काठमाडौंं - मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । 

आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । 

उक्त सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् । 

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकले जनाएको छ । 


 

शनिबार, ०५ असार २०७८, ०७ : ०५

प्रतिक्रिया