काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबिच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको तर्फबाट सो कम्पनीका अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात के.सी.एल अस्ट्यूट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१।२० प्रतिशत सेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अगाडि बढाइनेछ ।
प्रतिक्रिया