राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता र ब्याज भुक्तानीमा १० प्रतिशत छुट दिने

शनिबार, ०५ असार २०७८, ०८ : ३६

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । 

बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो । 

सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।

शनिबार, ०५ असार २०७८, ०८ : ३६

प्रतिक्रिया