काठमाडौं - नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको विशेष सभा आज हुँदैछ ।
जेठ २० गते दुवै कम्पनीको सञ्चालक समितिहरुको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा आज बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सञ्चालन हुनेछ ।
दुवै कम्पनीले प्राप्ति सम्बन्धि विशेष प्रस्तावलाई पारित गर्नेछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी युनाइटेड फाइनान्सको विषेश सभाले पनि १स्०३५ स्वाप रेसियोमा बैंकमा प्राप्त हुनेगरी प्राप्तिमा लैजाने प्रस्ताव पारित गर्नेछ ।
युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि नबिल बैंक र युनाइटेड फइनान्सले जेठ २८ गते एक दिनका लागि बुकक्लोज गरेका छन् ।
प्रतिक्रिया