सांग्रिला डेभलपमेन्ट बैंकले आजबाट ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्यायो, आवेदन कहिले सम्म ?

आइतबार, ०६ असार २०७८, ०७ : ४२

काठमाडौं - आजबाट सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

जसमध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख कित्ता ९मध्ये ५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत० सर्वसाधारणका लागि बिक्री गरिने छ । 

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा आज असार ६ गतेदेखि छिटोमा असार ९ गते र ढिलामा असार २०  गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्  ।

आइतबार, ०६ असार २०७८, ०७ : ४२

प्रतिक्रिया