स्थगित भएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज, लाभांश कति ?

आइतबार, ०६ असार २०७८, १० : ०५

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि स्थगित भएको उन्नाइसौं वार्षिक साधारण सभा आज हुँदैछ ।  कम्पनीको सभा होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा हुन लागेको हो ।

यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियो ।

सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आइतबार, ०६ असार २०७८, १० : ०५

प्रतिक्रिया