काठमाडौं - नेपाल बैंक लिमिटेडले ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
एक सूचना जारी गर्दै बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम ३ महिना अवधिको मुद्दती खातामा लगानी गर्न लागिएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर असार ८ गते दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया