रिलायबल नेपाल लाइफ साधारण सभा सम्पन्न,आईपीओ निष्कासन  प्रस्ताव पारित

आइतबार, ०६ असार २०७८, १२ : ५०

काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट हालै सम्पन्न भएको हो ।सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  

अव कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।

सभाले आव २०७५ /७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

साथै आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
 

आइतबार, ०६ असार २०७८, १२ : ५०

प्रतिक्रिया