प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

आइतबार, ०६ असार २०७८, १५ : ०८

काठमाडौं, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।

सभा होटेल ईच्छा प्रालि सिमरा, बारामा आयोजित सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साविक १ अर्ब २ करोड  ६४ लाख ३२ हजार रुपैयाँ चुक्तापूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ पुगेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६ ७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

आइतबार, ०६ असार २०७८, १५ : ०८

प्रतिक्रिया