काठमाडौं, नागरिक लगानी कोषले ‘कोभिड प्रभावित विशेष सापटी’ सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत पर्यटन उद्योगसँग सम्बद्ध कर्मचारीहरुले थप ब्याज शुल्क बिनै पैसा सापटी लिन सक्नेछन् ।
कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिने कोषले जानकारी गराएको हो ।
यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।
यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ । अर्थात, लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ । यस्तै, उक्त सापटी रकम सापटी लिएको २ वर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको नागरिक लगानी कोषले जानकारी गराएको छ ।
प्रतिक्रिया