काठमाडौं - नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कोषको २६ औँ वार्षिक साधारण सभा असार १८ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको केन्द्रिय कार्यलयमा दिउसो २ बजेबाट हुनेछ ।
कोषको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ८.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया