असार १७ गतेबाट सञ्चालनमा आउँदै हिमालयन रि इन्स्योरेन्स, ३ अर्ब आईपिओ जारी गर्ने

सोमबार, ०७ असार २०७८, ०८ : २२

काठमाडौं - गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् । 

सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्फको शेयर लगानी (रू ७ अर्ब) पनि जुटिसकेको छ । 

निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू.१० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाइने बताइएको छ । 

सोमबार, ०७ असार २०७८, ०८ : २२

प्रतिक्रिया