नेशनल माइक्रोफाइनान्सले बिक्रीमा ल्याएको संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार २२

सोमबार, ०७ असार २०७८, ०८ : ५५

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८ हजार १५० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

असार ३ गते देखि बिक्रीमा आएको उक्त शेयरमा असार १० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

सोमबार, ०७ असार २०७८, ०८ : ५५

प्रतिक्रिया