कामना सेवा विकास बैंकको शाखा नख्खु दोबाटोमा

सोमबार, ०७ असार २०७८, ०९ : ०३

काठमाडौं - नख्खु दोबाटोमा कामना सेवा विकास बैंक लिमिटेडले शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा १२५ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका थिए । उक्त उद्द्धाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो । 

यससँगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । 

सोमबार, ०७ असार २०७८, ०९ : ०३

प्रतिक्रिया