नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू

सोमबार, ०७ असार २०७८, ११ : ४२

काठमाडौं - नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । 

बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ४ बजदेखि सोमबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरिएको थियो । 

नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रूपमा सुचारू हुने जानकारी दिएको छ । 

सोमबार, ०७ असार २०७८, ११ : ४२

प्रतिक्रिया