१० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल भोलि अपरान्ह ३ बजेसम्म

सोमबार, ०७ असार २०७८, १२ : ०३

काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको 'विकास ऋणपत्र २०८४ (च)' नामको ऋणपत्र बिक्री गर्न लागेको हो । 

क्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । 

उक्त ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । ऋणपत्रको बोलकबोल भोलि असार ८ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । 
 

सोमबार, ०७ असार २०७८, १२ : ०३

प्रतिक्रिया