काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत् प्रदान गर्ने भएकाले आफ्नो खाता अद्यावधिक गर्न आग्रह गरेको होे ।
नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन सबै ग्राहकहरूलाई बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया