प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत

सोमबार, ०७ असार २०७८, १४ : २८

काठमाडौं - प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचिकृत भएको छ । फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । 

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो । 

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई इकाई बाँडफाँड गरिएको थियो । 


 

सोमबार, ०७ असार २०७८, १४ : २८

प्रतिक्रिया