कृषि विकास बैंकका ग्राहकलाई कर्जाको हर्जाना व्याजमा शतप्रतिशत सम्म विशेष छुट

सोमबार, ०७ असार २०७८, १८ : २७

काठमाडौं, कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट दिने भएको छ ।

यो सुविधा लिनका लागि ग्राहकलाइ अनुरोध गर्दै बैंकका शाखाहरुमा अषाढ मसान्तभित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।

बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो । बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।

सोमबार, ०७ असार २०७८, १८ : २७

प्रतिक्रिया