नेरुडे लघुवित्तकोे शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त

सोमबार, ०७ असार २०७८, १९ : ००

काठमाडौं, नेरुडे लघुवित्त वित्तीय संस्थाले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।  असार ४ गते देखि लागू हुने गरी आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

त्यस अनुसार लघुवित्तको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैकिङ्गले गर्नेछ ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा असार ६ गते हस्ताक्षर गरिएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरविवि मर्चेन्ट बैकिङ्ग लि। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।

सोमबार, ०७ असार २०७८, १९ : ००

प्रतिक्रिया