नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
आइतबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरि २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपाची लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ ।
प्रतिक्रिया