लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

मंगलबार, ०८ असार २०७८, १० : ३३

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको लाभांश बैंक खातामा जम्मा गरिदिएको हो । 

 कम्पनी सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत बैंक खातामै लाभांश जम्मा गरिदिने भएको छ । 
 
कम्पनीको जेठ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

मंगलबार, ०८ असार २०७८, १० : ३३

प्रतिक्रिया