काठमाडौं, राधी विद्युत कम्पनी लिमिटेडले असार २९ गते, आफ्नो केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सो सभा डोकेको हो।
सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत (कर बाहेक) बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया