काठमाडौं - मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ असार १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।
लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थालाई नेपाल धितोपत्र बोर्डले असार ६ गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १४ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया