३ कम्पनीद्धारा आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन, कुनको कति कित्ता ?

बुधबार, ०९ असार २०७८, ०७ : ४१

काठमाडौं - विभिन्न ३ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् । 

जसमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनील लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते सेबोनमा निवेदन पेश गरेको छ । 

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेकोे छ ।

कम्पनीले जेठ ३१ गते निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साथै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार ६ गते, सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

बुधबार, ०९ असार २०७८, ०७ : ४१

प्रतिक्रिया