काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म व्याज पाइने भएको छ ।
असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ व्याजदर अनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८।०१ प्रतिशतसम्म व्याजदर उपलब्ध गराउने जनाएको छ ।
साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया