सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश कति ?

बुधबार, ०९ असार २०७८, ०९ : २२

काठमाडौं - सगरमाथा इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको सभा असार ३० गते हुने भएको हो । 

सभा कम्पनीले आफ्नै प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाइएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । 

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा खर्च भएको रू। १६ लाखलाई अनुमोदन गर्ने नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि असार १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

बुधबार, ०९ असार २०७८, ०९ : २२

प्रतिक्रिया