काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने छ ।
उक्त कार्य आगामी साउन १ गतेदेखि लागु हुने कम्पनीले जानकारी दिएकोे छ ।
प्रतिक्रिया