काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन म्याद ढिला मितिसम्म लम्बिएको छ ।
बैंकले असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म आवेदन दिन पाउनेगरी ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गरेको थियो ।
उल्लेखित छिटो समयभित्र माग बमोजिम आवेदन नपरेपछि आवेदन दिने म्याद ढिलो मितिसम्म लम्बिएको हो । यद्यपी ढिलो मितिअघि नै ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा भने सार्वजनिक सूचना निष्काशन गरी निष्काशन बन्द गरिने जनाइएको छ ।
बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गरेको हो । कुल निश्कासन हुने डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री खुला गरिएको छ ।
दश वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया