एशियन लाईफको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, ०९ असार २०७८, ११ : ३७

काठमाडौं,  महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाईफ इन्स्योरेन्सको लिलामीमा शेयरमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन  रहेको छ । 

बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.६२८ तोकिएको छ । यो शेयर खरीदका लागि विद्यमान संस्पाकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघसंस्थाहरुले हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  

शेयर खरीद गर्दा आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

बुधबार, ०९ असार २०७८, ११ : ३७

प्रतिक्रिया