काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।
असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा असार ३१ गते संस्थाको केन्द्रिय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमको सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेन्डाहरू माथि छलफल गरी पारित गर्ने छ ।
योे सँगै वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया