दोस्रो घण्टा : नेप्सेमा झन्डै ४० अंकको गिरावट, कारोबार रकम साढे ३ अर्ब माथि

बुधबार, ०९ असार २०७८, १३ : २०

काठमाडौं, आज साताको चौथो दिन (बुधबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३९.९८ अंकले घटेर २८७३.८६ विन्दुमा पुगेको छ ।  कारोबारको  दोस्रो घण्टामा १.३७ प्रतिशतले घटेको हो ।  

 दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको ४१ हजार ५३६ पटकको कारोबारमा ७३ लाख २१ हजार २७२ कित्ता शेयरको रू. ३ अर्ब ६४ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू २८ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । 

बुधबार, ०९ असार २०७८, १३ : २०

प्रतिक्रिया