काठमाडौं, आज साताको चौथो दिन (बुधबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५० अंकले घटेर २८६६.८१ विन्दुमा पुगेको छ । कारोबारको तेस्रो घण्टामा १.७२ प्रतिशतले घटेको हो ।
तेस्रो घण्टाको अवधिमा २१५ ओटा कम्पनीको ६५ हजार ९९५ पटकको कारोबारमा १ करोड ४९ लाख ६५ हजार ५९४ कित्ता शेयरको रू. ५ अर्ब ९३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
आज २१५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १६८ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३८ करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया