मुक्तिनाथ विकास बैंकलाई १.२५ अर्बको ऋणपत्र बिक्री गर्न बोर्ड दियो अनुमति

बुधबार, ०९ असार २०७८, १५ : १५

काठमाडौं, मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १२ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास  बैंक डिबेन्चर जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल मार्केटले लिएको छ । 

बुधबार, ०९ असार २०७८, १५ : १५

प्रतिक्रिया