काठमाडौं, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको इकाई बोन्ड जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई बोन्ड बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ६ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी ९ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
ज्योतिले ‘९ प्रतिशत, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न लागेको हो । यो बोन्ड वि।सं २०८७ मा परिपक्क हुनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रतिक्रिया