कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

बुधबार, ०९ असार २०७८, १७ : १३

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । 

नेप्सेका अनुसार ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

बुधबार, ०९ असार २०७८, १७ : १३

प्रतिक्रिया