काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन गर्ने म्याद थप गरेको छ ।
उक्त ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले असार २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिमा आवश्यक ओदन नपरेपछि समय लम्बाइएको हो ।
बैंकले १० वर्ष अवधिका लागि ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको हो । बैंकले निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत विभिन्न संघसंaस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।
सर्वसाधारणका लागि छुट्याएकोमध्ये ५ प्रतिशतको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता इकाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
ऋणपत्र खरिद गर्दा न्यूनतम २५ कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया