आजबाट बिक्रीमा आयो एनआईसी एशिया 'सेलेक्ट ३०' फण्डको एक अर्ब बराबरको १० करोड इकाई, आवेदन कहिले सम्म ?

विहीबार, १० असार २०७८, ०८ : ३८

काठमाडौं - एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ ।
 
क्यापिटलले आजबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।
 
सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । 

विहीबार, १० असार २०७८, ०८ : ३८

प्रतिक्रिया