काठमाडौं, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ५० हजार कित्ता शेयर लिलामी भर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले १ हजार २२ रुपैयाँलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया