काठमाडौं, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम पुनः नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिले गौतमलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरी स्वीकृतिका लागी बीमा समितिमा पत्राचार गरेको थियो ।
कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । गौतमको पहिलो कार्यकाल असार १६ गते कार्यकाल सकिँदै थियो ।
नेपाल ग्रिन्डलेज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरेका सीईओ गौतमसँग करिब ३ दशकको बैंकिङ्ग अनुभव रहेको छ । उनी ४ वर्षअघि एभरेष्ट इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए ।
करिब आधा दर्जन बैंकमा काम गरिसकेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया