नेको इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, लाभांश पारित गर्ने

शुक्रबार, ११ असार २०७८, १० : ५३

नेको इन्स्योरेन्सले असार ३१ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । 
कम्पनीले आफ्नै भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने पनि रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । 

शुक्रबार, ११ असार २०७८, १० : ५३

प्रतिक्रिया