काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असार ३१ गते आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।
लघुवित्तको साधारणसभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजे बाट सुरु हुने छ ।
सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ ।
धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ २०७६ पुस ३ गतेदेखि लघुवित्तको दोस्रोबजार कारोबार रोक्का छ ।
प्रतिक्रिया