जनरल इन्स्योरेन्सले असार २१ गते डाक्यो साधारण सभा,बुकक्लोज कहिले ?

शुक्रबार, ११ असार २०७८, ११ : ०१

काठमाडौं, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गते साधारण सभा डाकेको छ ।

कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

शुक्रबार, ११ असार २०७८, ११ : ०१

प्रतिक्रिया